६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


स्टेजमै भक्कानिइन् गायिका एलिना : ‘धोकेबाज’ गीत धेरै गाउन मन छैन



काठमाडौं । गायिका एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ गीत धेरै गाउन मन नलाग्ने बताउदै भक्कानिएकी  छन्।

शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिन पुगेकी उनले दर्शकहरूसँग यस्तो बताएकी हुन्। ‘धोकेबाज गीत धेरै गाउन मन छैन। अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन्।

उनी स्टेजमै भक्कानिएकी थिइन्। ‘भर्खर-भर्खर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनुहुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्।

उनले दर्शकहरूलाई कसैसँग ननजकिनसमेत भनेकी थिइन्। चौहानले गतसाता मात्रै काठमाडौं जिल्ला अदालतमा पतिविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन्।

 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।