५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरबाट चार वर्षीय बालक अपहरण



ललितपुर । ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । ललितपुर महानगरपालिका–१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरण भएको प्रहरीले जनाएको छ ।

बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भियतनामी नागरिक मि हाङ किन्हालुनले अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएका थिए ।

सोही अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको हो । बालक हराएको भन्दै २४ गते राति नै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।