५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कागेश्वरी मनोहरामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु



काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आलापोटस्थित सडकमा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा ७१ प १४७१ नम्बरको मोटरसाइक्ल आपसमा ठोक्किएका थिए । शनिबार राति दुर्घटना हुँदा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकलका चालक उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २१ वर्षीय राजन कटुवालको मृत्यु भएको हो ।

दुर्घटनमा गम्भीर घाइते उनी नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ । बा ७१ प १४७१ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।