‘अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको प्रहरीले जनाएको छ । त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत पाइएको छ ।’
ललितपुर । ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई अपहरणकारीले भारतमा लैजाने तयारी गरिरहेको बुझिएको छ । कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाब लैजाने तयारी गरिएको थियो ।
अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको प्रहरीले जनाएको छ ।
त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत पाइएको छ ।
ललितपुर महानगरपालिका–१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरणमा परेका थिए । राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो ।







प्रतिक्रिया