५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फागुन ७ देखि हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाइँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई चुस्त बनाउन हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाएको छ । यस क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वडा नं ५ अन्तर्गतका हाँडीगाउँ क्षेत्रका सडक फागुन ७ गतेदेखि एकतर्फी सञ्चालन गर्ने तयारी गरेको हो ।
यससागै अब हाँडीगाउँको थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाँडीगाउँ मार्गतर्फ मात्रै प्रवेश गर्न मिल्ने भएको छ ।

यस्तै, विशालनगर तर्फबाट आउने सवारीसाधनलाई भीमसेन मार्ग हुँदै वडा नं ५ को कार्यालयतर्फ जान पाउने छैनन् । यो क्षेत्रबाट आउने सवारी साधनलाई हात्ती महांकाल तर्फ मात्रै जान मिल्ने बनाइएको छ ।

यसैगरी महानगरले हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ प्रवेश गर्न समेत रोक लगाउदै यो बाटो हुँदै आउने सवारीसाधनलाई थटु मार्गतर्फ पठाइने तयारी गरेको छ। नक्साल भाटभटेनी तर्फबाट आउने सवारीसाधनलाई पनि वडा नं ५ को कार्यालयबाट थटु मार्गतर्फ जान रोक लगाई भीमसेन मार्गतर्फ पठाउने तयारी गर्दै ढुंगेधाराबाट हात्ती महांकालतर्फ र वडा नं ५ कार्यालयको दक्षिणबाट गहना पोखरीतर्फ जान पनि निषेध लगाइएको छ ।

महानगरले टंगालबाट सवारीसाधन प्रवेशमा रोक लगाइ बाल मन्दिरबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्रै प्रवेश गर्न पाइनेछ व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।