काठमाडौं । अनलाइन जुवा तथा क्रिप्टो करेन्सीको कारोबारको आरोपमा आइतबार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका २३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनीहरुले एउटा घर नै भाडामा लिएर अनलाइनमार्फत अपराध गर्दै आएका थिए । तीन अर्ब भन्दा धेरैको अनलाइन जुवा तथा ५० करोड भन्दा धेरैको क्रिप्टोकरेन्सीको कारोबार गरेको अनुसन्धानमा खुलेको छ । भारतीय नागरिकले घर भाडामा लिएर अनलाइनसम्बन्धि अपराध गर्दै आएका थिए । भारतीयलाई समेत प्रहरीले पक्राउ गरेको छ ।







प्रतिक्रिया