२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फागुनमा बैंकहरुले पुरानै दरमा ब्याज दिने



काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुन महिनाका लागि २० वाणिज्य बैंकहरूमध्ये १८ बैंकले ब्याजदर स्थिर राखेका छन् भने २ बैंकले ब्याजदर घटबड गराएका छन् ।

सार्वजनिक सूचना अनुसार बैंकहरूले माघमा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत थियो भने फागुन महिनाका लागिपनि ६.० प्रतिशत नै रहेको छ । यस्तै फागुनमा ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।

ग्लोबल आईएमई बैंकले लामो अवधिको मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ । लक्ष्मी सनराइज बैंकले मुद्दती खाताको दीर्घकालीन ब्याजदर ०.२५ प्रतिशत घटाएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर

बैंक माघको ब्याजदर % फागुनको ब्याजदर %
कृषि विकास ५.५१ ५.५१
राष्ट्रिय वाणिज्य ६ ६
नेपाल एसबीआई ५.५ ५.५
लक्ष्मी सनराइज ५.७५ ५.५
ग्लोबल आईएमई ५.७५ ६
कुमारी ५.९१ ५.९१
प्राइम कमर्सियल ६.२५ ६.२५
नेपाल ५.६ ५.६
सानिमा ६.०५ ६.०५
सिटिजन्स ५.६५ ५.६५
नबिल ५.७५ ५.७५
इन्भेस्टमेन्ट मेगा ६.५ ६.५
सिद्धार्थ ६ ६
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५
माछापुच्छ्रे ६ ६
प्रभु ६.१ ६.१
एनएमबी ६.६ ६.६
एनआईसी एसिया ६.६ ६.६
हिमालयन ६.२५ ६.२५
एभरेस्ट ६ ६

 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।