२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फागुनमा बैंकहरुले पुरानै दरमा ब्याज दिने



काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुन महिनाका लागि २० वाणिज्य बैंकहरूमध्ये १८ बैंकले ब्याजदर स्थिर राखेका छन् भने २ बैंकले ब्याजदर घटबड गराएका छन् ।

सार्वजनिक सूचना अनुसार बैंकहरूले माघमा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत थियो भने फागुन महिनाका लागिपनि ६.० प्रतिशत नै रहेको छ । यस्तै फागुनमा ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।

ग्लोबल आईएमई बैंकले लामो अवधिको मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ । लक्ष्मी सनराइज बैंकले मुद्दती खाताको दीर्घकालीन ब्याजदर ०.२५ प्रतिशत घटाएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर

बैंक माघको ब्याजदर % फागुनको ब्याजदर %
कृषि विकास ५.५१ ५.५१
राष्ट्रिय वाणिज्य
नेपाल एसबीआई ५.५ ५.५
लक्ष्मी सनराइज ५.७५ ५.५
ग्लोबल आईएमई ५.७५
कुमारी ५.९१ ५.९१
प्राइम कमर्सियल ६.२५ ६.२५
नेपाल ५.६ ५.६
सानिमा ६.०५ ६.०५
सिटिजन्स ५.६५ ५.६५
नबिल ५.७५ ५.७५
इन्भेस्टमेन्ट मेगा ६.५ ६.५
सिद्धार्थ
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५
माछापुच्छ्रे
प्रभु ६.१ ६.१
एनएमबी ६.६ ६.६
एनआईसी एसिया ६.६ ६.६
हिमालयन ६.२५ ६.२५
एभरेस्ट

 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।