५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भकुण्डेबेँसी-नेपालथोक खण्डमा मर्मत सुरु



काठमाडौं । बाढीले क्षतिग्रस्त बीपी राजमार्गको मर्मत कार्य सुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो ।

विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पु¥याएको छ । त्यस मध्ये ८.५ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार विभिन्न खण्डको मर्मत भई रहेको छ ।

‘बढी क्षति पुर्‍याएको १३ किलोमिटर मध्ये ८.५ किलोमिटर सडक पूर्ण रूपमा बनाउनु पर्ने भएको छ’ न्यौपानेले भने, ‘बाँकी खण्डमा सडक चौडा पार्ने, सम्म्याउने, ग्राभेल भर्ने लगायतका काम गर्नु पर्ने छ, त्यो अहिले सुरु भएको हो ।’

विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरी क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल डिभिजनले पहिलो प्राथमिकतामा राखेर सडक मर्मत थालेको हो । उनले भने, ‘अहिले बीपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौं, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको श्रोत साधनको अधिकतम उपयोग गरी काम भई रहेको छ ।’

गत असोजमा बाढीसँगै आएको पहिरोले सो राजमार्गमा क्षति पु¥याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरी मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।