६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ



काठमाडौं । काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट ३१८ ग्राम सुन बरामद गरेको जनाएको छ। ‘उनीले अरु पनि सुन ल्याएको आशंकामा बसमा खानतलासीको काम भइरहेको छ’ बोहोराले भने।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षका महेश अमृत मानी र २४ वर्षका राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ४ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।