२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अलपत्र नख्खुडोल पुल : जोखिमपूर्ण यात्रा



ललितपुर । बाढीबाट क्षति पुगेको नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज ११ र १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो।

बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायी रूपमा एकतर्फी सञ्चालनमा ल्याइको छ। ललितपुर महानगरपालिका–२५ का स्थानीय मुकेश महर्जन नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन्।

त्यसैगरी घर पनि जोखिममा रहेको र सम्बन्धित निकायले समयमै पुल नदी किनारको कटानमा पर्खाल लगाउने काम समेत नभएको उनले बताए।

 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ४ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।