४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेलम्ची आयोजनाको नाममा वर्षौंदेखि झुक्याउने काम भयो : सांसद कार्की



काठमाडौं । बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् । कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौंदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरीयहीन काम गर्दाको नजिताका रुपमा पाइप फुटेको बताइन् । उनले भनिन्,‘मेलम्ची खानेपानी आयोजना भनेर वर्षौंदेखि जनतालाई झुक्याइएको अवस्था छ । अर्बौ खर्च भइसकेको छ । अझै प्रोजेक्ट पूर्ण हुनलाई त्यहाँ अर्बौं लाग्छ रे । यही एउटा मेलम्ची देखाएर जनतालाई काकाकुल बनाए झुक्याएर ठगेर बसेको अवस्था छ ।’

उनले थपिन्, ‘निर्माण सम्पन्न भइसकेको भनिएको पाइप विस्तारको काममा पनि फुटेर सडक नै भत्किएर बाढी जाने अवस्था आइसकेको छ । जिम्मेवार निकायहरु थप जिम्मेवार हुनुपर्‍यो, त्यसमा गृहकार्य गर्नुपर्‍यो । यसमा गुणस्तरको काम नै भएन, के कत्तिको पानी फ्लो त्यसले थाम्न सक्छ, यस्तो कुरामा राम्रो अध्ययन हुनुपर्छ ।’

पाइप फुटेपछि पानी बगेर बबरमहल क्षेत्र जलमग्न भएको थियो । बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।