आज धेरै युवाको सपना अमेरिका उड्नु रहेको छ । देशमा सुन्दर भविश्य नदेख्नेहरु अमेरिका जान मरिहत्ते गरिरहेको सन्दर्भमा यही फागुन १४ गते शिवरात्रीबाट चलचित्र ‘फेरि रेशम फिलिली’ प्रर्दशन हुँदैछ ।
सोमबार सोही चलचित्रको ट्रेलर राजधानीमा एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । ३ मिनेट ७ सेकेण्ड लामो ट्रेलरमा डिभि परेर अमेरिका जाने तयारीमा रहेका मुख्य पात्र रेशम (विनय श्रेष्ठ)ले भागेका रोचक कहानी समेटिएको छ ।
अमेरिका जान रनवेमा हवाईजहाज पछ्याइरहेका रेशम अनि हवाईजहाजको ढोकाबाट विदेशी युवतीले ‘अमेरिका अमेरिका’भन्दै चिच्याइरहेको दृश्यसँगै सुरु हुने ट्रेलरमार्फत हास्यरसमा चलचित्रमार्फत मिठो र रोचक कथा भनिएको छनक दिएको छ ।
चलचित्रमा विनय श्रेष्ठसँगै अभिनेत्रीमा सुपुष्पा भट्टले साथ दिएकी छिन् । चलचित्रमा नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय हेर्न सकिन्छ । चलचित्र निरोज महर्जनले निर्देशन गरेका छन् ।
९ वर्षअघि प्रर्दशन भएको चलचित्र ‘रेशम फिलिली’को सिक्वेलको रुपमा फेरि रेसम फिलिली निर्माण गरिएको हो सिक्वेल भए पनि कथा भने फरक रहेको कार्यक्रममा जानकारी दिइएको छ ।
चलचित्र सुसन प्रजापतीले छायांकन गरेका हुन् भने सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
रौनक विक्रम कँडेलको निर्माण गरेका चलचित्रको कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्माता एनि थापा रहेकी छिन् ।
प्रतिक्रिया