२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिपुरेश्वरमा फेला परेको शंकास्पद वस्तु सिरानी



काठमाडौं । काठमाडौं त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी मात्र भएको पाइएको छ। मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी टोली खटिएको थियो। उक्त टोलीले घटनास्थललाई सुरक्षित पारेर सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उक्त वस्तु सिरानी मात्र रहेको पाइएको छ। प्लास्टिकको म्याटले बेरिएको अवस्थामा भित्र सिरानी छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।