१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंको ’स्काइवाक टावर’ चढे प्रधानमन्त्री ओली



काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावर चढेका छन् । प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज गन्तव्य भएको प्रतिक्रिया दिएका छन् ।

पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गरेका अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताएका छन् ।

कूल ७८ दशमलव ५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्ने गरिन्छ । दुई वटा लिफ्ट रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।