६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खुमा पैदलयात्रुलाई ठक्कर दिएर फरार कार चालक पक्राउ



काठमाडौं । काठमाडौंको बल्खुमा पैदल यात्रुलाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। फागुन २ गते बेलुका १०ः३६ बजे कञ्चनपुर कृष्णपुर नगरपालिका घर भई हाल ललितपुरको हरिहरभवन बस्ने २१ वर्षका सुरेन्द्र धामीलाई कारले ठक्कर दिएको थियो।

अपरिचित कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल ट्रमा सेन्टर लगिएको भएपनि राति ११ः३५ बजे मृत्यु भएको थियो। घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौँ र कालिमाटी वृत्तको टोलीले कार चालकलाई पत्ता लगाएर चार दिनपछि पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

अनुसन्धानका क्रममा रामेछापको गौसारा घर भई हाल ललितपुर खुमलटार बस्ने ३६ वर्षका राजु थापा मगर भएको खुलेको थियो। उनले चलाएको बीएबी ४२८२ नम्बरको कारले सुरेन्द्रलाई ठक्कर दिएकोक भागेको सीसीटीभी फुटेजमा देखिएको थियो। उनलाई सातदोबाटोबाट प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।