ललितपुर
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपतिसँग डिभि बन्द गर्न आग्रह गरेका छन् । उनले लेखेको स्टाटस डोनाल्ट ट्रम्पलाई मेन्सन गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै मेयर बालेनले डिभी लट्रीलाई पनि तत्काल बन्द गर्न र नेपालीहरुलाई ‘रत्न’हरू भन्दै फिर्ता गर्न माग गरेका हुन्।
उनले स्टाटसमार्फत अमेरिकालाई अल्छीहरूको देश रहेको समेत बताएका छन् ।

‘आफ्नो देशबाट बाँकी संसारलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्’बालेनले फेसबुकमा लेखेका छन्।
एनले अंग्रेजीमा लेखेको स्टाटसको अनुवाद :
प्रिय डोनाल्ड जे. ट्रम्प,
हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भन्ने महसुस गराउनु भएकोमा धन्यवाद।
हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोड्दैछन्।
तपाईं गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्; तपाईं अल्छी मानिसहरूलाई यसको लागि बाँकी संसार चाहिन्छ।
कृपया आफ्नो वासना (म्ख्) दासत्व पनि बन्द गर्नुहोस्; हामी हाम्रा रत्नहरू फिर्ता पाउनेछौं। 🙂
आफ्नो देशबाट बाँकी संसारलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।
उनले जनशक्ति विदेशिएका कारण नेपाल गरिब भएको पनि बताएका छन्। त्यसकारण डिभी लट्रीलाई पनि तत्काल बन्द गर्न र नेपालका ’रत्न’हरू फिर्ता गर्न माग गरेका छन्।







प्रतिक्रिया