३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महांकालका सुधीर लामिछानेसहित २ जना ट्रामाडोल क्याप्सुलसहित पक्राउ



काठमाडौं । प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्दिपक ट्रामाडोल क्याप्सुलसहित एउटा गिरोहलाई पक्राउ गरेकाे छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सो क्याप्सुल ५,६४, १०० सहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत फागुन ८ गते काठमाडौँ महानगरपालिका १४ बाट ललितपुरको महांकाल नगरपालिका ४ बस्ने ३३ वर्षीय सुधीर लामिछानेलाई ट्रामाडोल ३०,००० क्याप्सुलसहित पक्राउ गरिएको जनाएको छ । लामिछानेमाथि अनुसन्धान गर्ने क्रममा फागुन ९ गते पर्साको महुवन गाउँपालिका ६ स्थायी घर भई काठमाडौँ महानगरपालिका ४ टोखा बस्ने ३८ वर्षीय साइमन बनवारीलाई ५,३४,१०० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बिक्री वितर गर्न राखिएको गोदामबाट सो परिमाणको क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।