२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेभन्ज्याङ दुर्घटना: यी हुन् १८ जना घाइते(विवरणसहित)



काठमाडौं । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गा जाँदै गरेको यात्रुबाहक बस काभ्रेको काभ्रेभन्ज्याङमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौंबाट रामेछापको मन्थली, धोबी, सिरिसे, ढाडे हुँदै ओखलढुङ्गाको पोकली हिँडेको अरनिको यातायातको बस बीपी राजमार्गस्थित काभ्रेभन्ज्याङमा मंगलबार बिहान ८ः२० बजे दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुको नामावलीः

१) जिल्ला रामेछाप लिखुतामाकोशी गा.पा. वडा नं. ५ बस्ने वर्ष ६१ को प्रेम बहादुर श्रेष्ठको टाउको, छातीमा चोट (अवस्था मध्यम)

२) ऐ.ऐ बस्ने वर्ष २९ को गंगा भुजेल दुवै हातमा चोट (अवस्था मध्यम)

३) जिल्ला काभ्रे धुलिखेल न.पा. १० बस्ने वर्ष ४२ को सानुमाया लामाको निधार, छात्ती र देब्रे गालामा चोट, (अवस्था मध्यम)

४) जिल्ला रामेछाप मन्थली नगरपालिका ६ बस्ने वर्ष ५२ को कलमान माझीको दाहिने खुट्टामा चोट (अवस्था सामान्य)

५) ऐ.ऐ. बस्ने निज कलमान माझीको नाति वर्ष ५ को रित माझी (अवस्था सामान्य)

६) जिल्ला दोलखा मेलुङ गा.पा. ६ बस्ने वर्ष ५८ को ध्यान बहादुर तामाङको घाँटिमा भित्री चोट

७) जिल्ला ओखलढुङ्गा लिखु गा.पा. वडा नं. ९ बस्ने वर्ष ६० की बुद्धिमाया तामाङको दब्रे आँखामा चोट

८) ऐ.ऐ ८ बस्ने वर्ष २६ को रमेश मगरातीको देब्रे हात र अनुहारमा चोट (अवस्था सामान्य)

९) ऐ. ९ बस्ने वर्ष ४० की थम माया रुपाचा (सामान्य)

१०) ऐ. ९ बस्ने वर्ष ४९ की सेतिमाया तमाङ (अवस्था समान्य)

११० ऐ.ऐ. ९ बस्ने वर्ष २५ को बल बहादुर तामाङ (अवस्था सामान्य)

१२) जिल्ला रामेछाप लिखुतामाकोशी ४ बस्ने वर्ष ५८ को राम बहादुर महतको गालामा चोट (अवस्था मध्यम)

१३) चालकः ऐ. ५ बस्ने वर्ष ४० को छिरिंङ तामाङको देब्रे हात, ढाडमा चोट (अवस्था मध्यम)

१४) सह–चालकः जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गा.पा. ३ बस्ने वर्ष १९ को संजिव दर्जीको टाउकोमा चोट (अवस्था मध्यम)

१५) जिल्ला ओखलढुङगा लिखु गा.पा. ९ बस्ने वर्ष २८ को लाल माया तामाङ (अवस्था सामान्य)

१६) ऐ. बस्ने निजकै छोरी वर्ष ६ कि एरिसा तामाङ (अवस्था सामान्य)

१७) ऐ ऐ बस्ने वर्ष ३० की रन्जिता लामा (अवस्था सामान्य)

१८) जिल्ला रामेछाप लिखु तामाकोशी २ बस्ने वर्ष २८ की कालिका भुजेल देब्रे कुममा चोट (अवस्था सामान्य)

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।