३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालिमाटी फलफूल तथा तरकारी बजारको बेथितिबारे सरकारको ध्यानाकर्षण



काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रुपा सोशी चौधरीले कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभोको मंगलबारको बैठकमा बोल्दै उनले ११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना वास्तविक किसान हुनुपर्नेमा त्यस्तो नभएको बताइन्।

उनले फलफूल तथा तरकारीको मूल्यसमेत बजार व्यवस्थापनले नभई व्यापारीले तोक्ने गरेको उल्लेख गरिन्। उनले मन्द विषादीको शिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार? भन्दै प्रश्नसमेत गरिन्।

उनले भनिन्, ‘११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना किसान नहुनु, फलफूल तथा तरकारीको मूल्य निर्धारण समितिले नभई व्यापारिले गर्नु, खुद्रा पसलेले फलफूल तथा तरकारी लगिसकेपछि गुणस्तर परीक्षण हुनु, मन्द विषादीको सिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार? म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।