३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति क्षेत्रबाट अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जना पक्राउ



काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ। महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार उच्छृङ्खल गतिविधि गरेको, लागूऔषध गाँजा खाएर हो–हल्ला गरेको तथा अभद्र व्यवहार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रण गरिएको हो ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र परिसर टेकुमा राखिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।