३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विमानस्थलबाट झन्डै चार किलो सुनसहित चार जना पक्राउ



काठमाडौं । झन्डै चार किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु उज्बेकिस्तानका नागरिकहरु हुन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए ।

पक्राउ पर्नेमा गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव र इस्राइलोव्ना साओदत फैजिवा छन् । टुर्सुनोभ बाहेक अरु सबै महिला हुन् ।

उनीहरूको साथबाट प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको एसएसपी राठौरले जानकारी दिए । भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर चेकजाँच गर्दा मलद्वारामा लुकाएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू भरिया भएको र सुन अर्कैले पठाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।