३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महानगरले अनियन्त्रित राँगो नियन्त्रणमा लिई स्नहाज केयरलाई बुझायो



काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरीले अनियन्त्रित भई सडकमा आएको एउटा राँगो नियन्त्रणमा लिएको छ । महानगर प्रहरी बलका अनुसार काठमाडौं–१२ टेकु दोभानमा अनियन्त्रित भएको राँगोले सवारीसाधन र मानिसमा क्षति पुर्‍याएको थियो ।

त्यसपछि वन विभागका प्रतिनिधिको सहयोगमा राँगोलाई बेहोस बनाइएको थियो । नगर प्रहरी र कालिमाटी प्रहरीको संयुक्त उद्धार टोलीले राँगोलाई स्नहाज केयर संस्थामा बुझाएको नगर प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।