काठमाडौं । काभ्रे बनेपामा रहेको एक होटलमा युवती मृत भेटिएकी छन्। बनेपा नगरपालिका– ८ मा रहेको भ्यू पाहुना घर होटलमा २३ वर्षीया युवती बिहीबार साँझ मृत भेटिएकी हुन्।
मृत भेटिएकी युवती बनेपा नगरपालिका– ६ सुडोल निवासी २३ वर्षीया शर्मीला श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । होटलको दोस्रो तलामा रहेको कोठा नम्बर ११५ मा उनी मृत भेटिएकी हुन् ।
युवतीसँगै होटलमा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको देखिएको प्रहरीले जनाएको छ । ती युवक अहिले फरार छन्। युवतीको हत्या भएको हो कि होइन, अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया