३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिन्धुपाल्चोक भूकम्पः काठमाडौंमा भागदौड गर्दा २ जना घाइते



काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएपछि काठमाडौंमा भागदौड हुँदा दुई जना घाइते भएका छन् । भागदौडमा उदयपुरको त्रियुगा नगरपालिका १० घर भइ हाल काठमाडौंको शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ घाइते भएका छन् ।

भागदौडका क्रममा सडक पेटीमा ठोक्किएर उनी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घाइते थिलिङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यसैगरी अर्का घाइतेमा नवलपरासीको मध्यबिन्दु नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्दै आएका २६ वर्षीय हरि गैरे छन् ।

होस्टलमा बस्दै आएका उनी भूकम्पको धक्का आएपछि भागदौड गरेका थिए । सो क्रममा उनी घाइते भएका हुन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार बिहानीपख २ः५१ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड केन्द्र भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  २ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।