काठमाडौं । काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा एक जना लैङ्गिक अल्पसङ्ख्यकको हत्या भएको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौँ– ७ बस्दै आएका अडविर राईको हत्या भएको हो ।
फागुन १४ मा मध्यराति करिडोरमा प्रयोगमा नआएको शौचालयमा उनको शव भेटिएको थियो । हत्यापछि राईको म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपेर राखेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
राईको टाउको, निधार र नाकमा धारिलो हतियारको चोट देखिएको छ । शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ ।







प्रतिक्रिया