२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरकी पत्रकार मिश्रको निधन



ललितपुर । पत्रकार मोहिनी मिश्रको निधन भएको छ। क्यान्सर रोगको उपचार गराइरहेकी पत्रकार मिश्रको ५६ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

ललितपुर महानगरपालिका- १८ निवासी मिश्र विगत दुईवर्षदेखि पेटको क्यान्सरबाट पीडित थिइन्। राष्ट्रिय समाचार समिति (रासस) मा दुई दशकभन्दा बढी काम गरेकी मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकाश लिएकी थिइन्।

मिश्रका एक छोरा छन्। उनको आजै पशुपति आर्यघाटमाअन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।