२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रो दुर्घटना, १ को मृत्यु, १४ घाइते



काठमाडौं । गोरखामा भएको माइक्रोबस दुर्घटना १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे शहीद लखन गाउँपालिका – ३ आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।