२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिको बालुवा खानीमा भ्रष्टाचार, दोषी ठहर भएका ३ जना पक्राउ



काठमाडौं । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका ३ जना पक्राउ परेका छन् । २ जना पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) र एक जना पशुपति विकास कोषका पूर्वनिर्देशक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीलेउनीहरुलाई पक्राउ गरेको हो ।

जोशी र श्रेष्ठ एलडीओ हुन् भने रेग्मी कोषका पूर्वनिर्देशक हुन् । गत माघ ३० गते सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटा, महेन्द्रलाल श्रेष्ठ, काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी गोपाल पराजुली, स्थानीय विकास अधिकारी प्रेमराज जोशी,काठमाडौं जिविसका तत्कालिन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मी लाई दोषी ठहर गर्दै ६ बर्ष देखि ६ महिना कैद र बिगो अनुसारको जरिवाना फैसला गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।