२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टिकाथलीमा बोरिङ खन्दा निस्किएको ग्यास अध्ययन गर्दै खानी विभाग



ललितपुर । टीकाथलीमा पानीको लागि खनिएको बोरिङ खन्दा निस्किएको ग्यासबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पुगेको छ। आज (मंगलबार) बिहान बोरिङको लागि पाइप गाड्दा ग्यास निस्किएर आगो लागेको थियो।

काठमाडौँ उपत्यकाको जमिनमूनि ग्यासहरू रहेकोबारे वर्षौँ पहिलेको अध्ययनले देखाएको खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाले बताइन्।

करिब तीनसय मिटर खनिसकेपछि ग्यास निस्किएको बताइएको छ। आज ‍बिहान ९:३० बजे उक्त ग्यासमा आगो लागेको थियो। अहिले आगो नियन्त्रणमा लिइसकिएको छ।

‘आगो कसरी लाग्यो त्यो अनुसन्धानको विषय होला,’ उनले भनिन्, ‘अहिले त्यहाँ विभागको टोली पुगेको छ। कति ग्यास छ। फेरि सोही ठाउँबाट ग्यास निस्किन्छ या सकियो भन्नेबारे अध्ययन हुन्छ।’

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।