२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ उपत्यकामा छिटपुट वर्षा



काठमाडौँ
काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा आज छिटपुट वर्षा भएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मोरङमा १४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । झापाको बाहुनडाँगीलगायत स्थानमा सात दशमलव चार, इलाममा सात दशमलव चार, खोटाङमा तीन, दोलखामा एक दशमलव दुई, सोलुखुम्बुमा एक दशमलव तीन, सिन्धुपाल्चोकमा एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।
काठमाडौँ उपत्यकामा साँझ छिटपुट वर्षा हुँदा चिसो बढेको छ । महाखाशाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
वर्षाको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।