काठमाडौं
राजधानीको ढुङ्गेअड्डा र हनुमन्ते खोलामा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १४ नैकाप घर भई सोही नगरपालिका १५ ढुङ्गेअड्डा डेरा गरी बस्ने ५० वर्षीया जुमुना तन्दुकार आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
साथै भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका १ सृजनानगरस्थित हनुमन्ते खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दुवै घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२५ फाल्गुन २०८१, आइतबार
188
Shares








प्रतिक्रिया