२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बागमती खोलामा बोरामा भेटिएकी महिलाको हत्या, पाँच जना पक्राउ



पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन्
काठमाडौँ
काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा फेला परेकी महिलाको हत्याको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन् ।
अन्दाजी वर्ष ३०/३५ की यी महिला यही फागुन २४ गते बिहान ११।५० बजे मृत फेला परेकी थिइन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिको सङ्लग्नता खुल्न आएकोले उपत्यका स्थित विभिन्न स्थानबाट निजलाई जिल्ला प्रहरी परिसर काठमाडौँसमेतको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गएको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।
आरोपीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।