२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


साझाका ३१ वटा गाडीको प्रदूषण जाँच गर्दा १२ वटा फेल



काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार साझा यातायातका ३१ सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरेको छ, जसमा १२ वटा प्रदूषण मापदण्डमा असफल भएका छन् ।

राजधानीभित्र सञ्चालनमा रहेका सवारीसाधनको प्रदूषण नियन्त्रण अभियानअन्तर्गत महानगरले साझाको मुख्यालयमै पुगेर परीक्षण गरेको हो । परीक्षण कार्यमा ट्राफिक प्रहरीको पनि सहयोग रहेको थियो ।

यसअघि, महानगरले सञ्चालन गरेको व्यापक प्रदूषण जाँचमा ५९९ सवारीसाधन परीक्षण गर्दा ५८ प्रतिशत सवारी प्रदूषण मापदण्ड अनुरूप नरहेको पाइएको थियो । महानगरले प्रदूषण नियन्त्रणलाई प्राथमिकता दिँदै नियमित रूपमा सवारीसाधनको जाँच गरिरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।