३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर ३ बाट निर्वाचित सांसद तोसिमाको पद रहने/नरहने फैसला आउँदै



काठमाडौं । ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने/नरहने आज फैसला आउँदैछ । पछिल्लोपटक यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको निसु (निर्णय सुनाइने) आजलाई सारिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बनेकी डा. तोसिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोसिमालाई उक्त उमेदवारी खारेजी चर्चाको माध्यम बनेको थियो । उमेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।