१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वीर अस्पतालमा पार्किन्सन, छारे रोगका बिरामीका लागि नयाँ प्रविधि ल्याइयो



काठमाडौं । वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालको न्यूरोसर्जरी विभाग तथा अमेरिकास्थित क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा डिप ब्रेन स्टीम्युलेसन र स्पाइनल स्टीम्युलेसन सेवा सञ्चालनमा ल्याइएको प्रा.डा.राजीव झाले बताए ।

न्यूरो विभागका प्रमुख समेत रहेका प्रा.डा. झाका अनुसार यी दुई प्रविधिले पार्किन्सन, छारे रोग र ओसीडीका बिरामीको उपचारमा ठूलो भूमिका खेल्छ । पार्किन्सन रोग, छारे रोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओसीडी जस्ता स्नायुगत समस्याहरूमा परम्परागत उपचारले सुधार नआएका बिरामीका लागि सो सेवा विधि सुरू गरिएको छ।

सो नयाँ उपचारका लागि योग्य बिरामीहरूको छनोट चैत्र १८ गतेसम्म अस्पतालको न्यूरोसर्जरी विभागको चौथो तल्ला, कोठा नं. ४३९ मा बिहान १२ बजेदेखि साढे १ सम्म हुने बताइएको छ ।

पार्किन्सन रोग, छारे रोग, शारीरिक कम्पन, डिस्टोनिया, ओसीडी, दीर्घ दुखाइ, र पक्षघात लगायत पीडित बिरामी र स्नायु रोगको उपचारबाट सन्तोषजनक सुधार नआएका बिरामीहरूले तोकिएको मितिभित्र सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।