९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिवि कीर्तिपुरमा तालाबन्दी



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन बागी उम्मेदवारी दर्ता गइराएको भन्दै नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको हो।

केन्द्रीय क्याम्पसमा अनोज कार्कीको नेतृत्वमा नेविसंघको टिम चुनावी मैदानमा छ। तर, नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएकोआरोप उनीहरुको छ।

समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले त्यो नसच्याएसम्म तालाबन्दी कायम रहने नेविसंघले जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।