१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका तीन गोदाममा सिलबन्दी



काठमाडौं । अनुमतिबिना अन्य फर्म तथा कम्पनीको ब्रान्ड तथा ट्रेडमार्क प्रयोग गरी अनधिकृत रूपमा खाद्यान्न बिक्री वितरण गरेको आरोपमा काठमाडौंका विभिन्न क्षेत्रका तीन गोदाममा सिलबन्दी गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र सम्बन्धित पालिकाका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौंका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा तारकेश्वर नगरपालिका-९ स्थित कल्पना बुढाथोकीले सञ्चालन गरेको देवकोटा चिउरा तथा चामल मिल, नागार्जुन नगरपालिका-७ स्थित खगेन्द्र खत्रीले सञ्चालन गरेको हलेसी फुड खाद्य उद्योग र नागार्जुन नगरपालिका-४ स्थित मुकेश सिंहले सञ्चालन गरेको श्री गढीमाई प्याकेजिङ उद्योगका गोदाममा सिलबन्दी गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट कुनै पनि उद्योगको नाममा खाद्य पदार्थ उत्पादन, प्याकिङ तथा बिक्री वितरणको अनुमति नलिएको, खाद्य सामग्रीहरू उपयुक्त तरिकाले भण्डारण नगरेको तथा व्यवस्थित नरहेको पाइएकाले ती गोदामहरू सिलबन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।