८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु



इनरूवा (सुनसरी)
सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरूवामा पुर्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिएका छन् ।

ट्रयाक्टर र चालक रूपेश सरदारलाई इलाका प्रहरी कार्यालय हरिनगरको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १२ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।