१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर गोदावरीमा चुङ्गी खेल्ने विषयमा विवाद, २ किशोरमाथि चक्कु प्रहार



ललितपुर । ललितपुर गोदावरीमा दुई जना किशोरमाथि चक्कु प्रहार भएको छ । गोदावरी नगरपालिका वडा नम्बर–१ स्थित गोदामचौरमा चक्कु प्रहारबाट स्थानीय विशंखुनारायण माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत दुई जना विद्यार्थी घाइते भएका छन् ।

उनीहरूको पुल्चोक स्थित सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ । गोरखा घर भई गोदामचौरमा बस्ने उनीहरू दाजुभाइ हुन् । चुङ्गी खेल्ने निहुँमा झगडा हुँदा अर्को समूहका ३ जना मिलेर चक्कु प्रहार गरेको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । एक जनाको कोख र अर्का घाइतेको टाउकोमा चोट लागेको छ ।

चक्कु प्रहार गर्ने १६ वर्ष र १८ वर्षीय किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरू पनि विशंखुनारायण माध्यमिक विद्यालयमा पढ्छन् । चक्कु प्रहारमा संलग्न अर्का एकजना फरार छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।