३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु,एक घाइते



काठमाडौँ
काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–१ फूलबारी गेटस्थित सडकमा बागमती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल र बागमती प्रदेश ०२–०५३ प ६३७८ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाग्मती प्रदेश ०२–०५३ प ६३७८ नंको मोटरसाइकलका चालक टोखा नगरपालिका–३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको रहेका छन् ।
उनको उपचारका क्रममा आज ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचारकक्षले जनाएको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल चालकको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।