४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गणतन्त्र उल्ट्याउने प्रयास सफल हुँदैन : एमाले



काठमाडौं । नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र स्थापनाको जनताको फैसलालाई उल्ट्याउने प्रयास सफल नहुने बताएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्व राजावादी समूहले गणतन्त्रविरुद्ध गर्न खोजेको मोर्चाबन्दी र अभियानविरुद्ध विशेष प्रस्ताव पारित गर्दै प्रयास सफल नहुने स्पष्ट पारेको हो ।

‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरुप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ’ प्रस्तावमा भनिएको छ,‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो वलिदानी संघर्षको परिणति हो ।

विगतमा आन्दोलनको क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटक–पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत भएपछि राजतन्त्र र लोकतन्त्र सँगसँगै जान सक्दैनन भने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।