काठमाडौं । भक्तपुरबाट बिक्रीका लागि कालिमाटी तरकारी बजारमा ल्याइएको ब्रोकाउलीमा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा सोमबार ल्याइएको ब्रोकाउलीमा ८८.६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो ।
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा ब्रोकाउलीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त ब्रोकाउली उपभोग अयोग्य रहेको जनाइएको छ ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।
प्रतिक्रिया