३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर क्याम्पसमा भोट गन्दा गन्दै लफडा



भक्तपुर
भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको क्रममा विद्यार्थी संगठन नेक्राविसंघले लफडा गरेको छ ।
भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सय भन्दा बढी मत अन्तरले नेक्राविसंघ पछाडि परेपछि लफडा भएको हो ।
मत गणनाको क्रममा नेविसंघका उम्मेदवार २ सय भन्दा बढी मतान्तरले लिड गरेपछि विभिन्न बहानाबाजी गर्दै नेक्राविसंघका गणनामा बसेका प्रतिनिधिहरू उठेर हिँडेका हुन् ।
नेक्राविसंघका गणनामा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू गणना स्थल छोडेर नारा बाजी लगाउँदै बाहिरिएपछि ५९ मत गन्न बाँकी हुँदा गणना स्थगित भएको गणनामा बसेका एक प्रतिनिधिले बताए ।
आफू हार्ने पक्का पक्की भएपछि नेक्राविसंघले लफडा गरेको विद्यार्थीहरू बताउँछन् ।

२०६० साल देखि लगातार स्ववियू सभापति विजयी हुँदै आएको नेक्राविसंघ अघिल्लो पटक २०७९ देखि स्ववियू बाहिर भएको थियो । नेविसंघ र अनेरास्ववियू संयुक्त प्यानल निर्वाचनमा होमिएपछि यो पटक पनि नेक्राविसंघ स्ववियू बाहिर हुने पक्का पक्की भएपछि उनीहरूले विभिन्न बहाना गर्दै आएको अनेरास्वीयूका एक नेताले बताए ।

 

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।