१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ऊर्जामन्त्री खड्का भन्छन्, ‘अब साँझको समय लोडसेडिङ हुन्छ’



काठमाडौं

ऊर्जामन्त्री दीपक खड्काले अब साँझको समय लोडसेडिङ हुने बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आमसर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् ।

हाल विद्युत्‌को मागभन्दा आपूर्ति कम रहेकाले लोडसेडिङ हुने मन्त्री खड्काको भनाइ छ । ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत्‌ प्राधिकरणले ७ सय मेगावाट मात्रै उत्पादन गरेको छ । २ हजार ८ सय मेगावाट विद्यु्त् निजीक्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत्‌ आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८ सय २५ मेगावाट विद्युत्‌ भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत्‌ छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

यसअघि मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य गर्न सहयोग गरेकोमा विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भन्दा पनि भारतलाई धन्यवाद दिनुपर्ने बताएका थिए । उनले आजको बैठकमा पनि भारत र निजीक्षेत्रको भूमिकाका लागि धन्यवाद दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।