काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा एक शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बिहीबार साँझ ५ बजेतिर बलम्बु मावि पछाडिको बलम्बु खोला किनारमा शव भेटिएको हो ।
प्रहरीका अनुसार, हिलोमा लत्पतिएर वेवारिसे अवस्थामा शव देखेको खबर आएपछि प्रहरी प्रभाग, बलम्बुबाट टोली खटिएको थियो । हालसम्म शवको पहिचान खुलेको छैन भने घटनाबारे खबर आएलगत्तै प्रहरी वृत्त, थानकोटबाट समेत सोको अफिसरहरुको टोली लगेर जाँच गराइएको भनिएको छ ।







प्रतिक्रिया