चलचित्र हेर्दा सबैलाई रमाइलो हुन्छ नै । तर अभिनेता सौगात मल्ल अभिनित चलचित्र ‘भाइरल गोर्खे’को टिजर हेर्दा नै रमाइलो महसुस गराएको छ ।
आउँदो जेठ ३० गतेदेखि प्रदर्शन सुरु गर्ने योजनाका साथ निर्माण भइरहेको चलचित्र ‘भाइरल गोर्खे’को टिजर हालै सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको हो ।
चलचित्रको टिजरमा सामाजिक सञ्जाल टिकटकमा भाइरल हुने सपना बोकेका अनौठो पात्रको रुपमा अभिनेता सौगात मल्ल देखिएका छन् । अभिनेता शिव श्रेष्ठबाट प्रभावित पात्रको भेषभुसा र संवादशैलीमा हास्यरस मिसिएको छ ।
एउटा गाँउले ठिटोको अवतारमा देखिएका मल्लले भाइरललाई भाइरस भन्दै संवाद बोलेका छन् । गोविन्दे भाइरल बनेपछि डाहले टिकटक स्टार बन्न गरेका उनका हरेक हर्कतहरु रमाइला छन् ।
हास्य शैलीमा उतारिएको सौगात मल्लको साथमा पत्रकार ऋषि धमलाको पनि अभिनय रहेको छ ।
निगम श्रेष्ठको कथा र निर्देशनमा निर्माणाधिन चलचित्रमा सौगातसँगै श्रृष्टि श्रेष्ठको पनि अभिनय रहेको छ । चलचित्रमा सौगात, सृष्टि र ऋषिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, विकास लामा, सपना चौधरी, ध्रुव थापा, सुनिल तामाङ लगायतको अभिनय छ ।
निर्देशक श्रेष्ठले ‘छड्के’, ‘छड्के २’ र ‘लालपूर्जा’पछि उनको निर्देशनमा चौंथो चलचित्र सार्वजनिक हुन लागेको हो ।
जिएमआई फिल्मस् र निर्भाना फिल्म स्कुलको ब्यानरमा विशाल ताम्राकार, केवल जंग कुँवर र महेश लामिछानेले फिल्मको निर्माण गरेका हुन् । फिल्मको सह–निर्मातामा भुवन अधिकारी र निखिल पौडेल रहेका छन्
प्रतिक्रिया