२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुशान्तको मृत्यु प्रकरणः सीबीआईले अन्तिम प्रतिवेदन बुझायो



काठमाडौं । भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले अन्तिम प्रतिवेदन तयार गरेको छ। रातपूतको मृत्यु प्रकरणमा चार वर्ष ६ महिना १५ दिनपछि सीबीआईले अन्तिम प्रतिवेदन रिपोर्ट मुम्बईको विशेष अदालतमा बुझाएको हो।

सीआईबीको अनुसन्धानले सुशान्तलाई आत्महत्या गर्न उक्साएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेको छ। साथै सुशान्तकी प्रेमिका रिया चक्रवतीलाई यस मुद्दामा क्लिन चिट दिएको पनि भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

१४ जुन २०२० मा सुशान्त बान्द्रास्थित आफ्नै घरमा मृत फेला परेका थिए। मिडिया र विपक्षी दलहरूको दबाबका कारण यस मुद्दाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो। अब सीबीआईको अन्तिम रिपोर्टमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको छ।

यस मुद्दामा सुशान्तकी प्रेमिका रियाले २७ दिन जेलमा बस्नुपरेको थियो। सीबीआईको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि, रियाका वकिल सतीश मानेशिन्देले एक विज्ञप्ति जारी गर्दै यस मुद्दामा धेरै झूटा कथाहरू बनाइएको बताए।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ७ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।