८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


१२ दिनमै ‘अञ्जिला’ को व्यापार ७ करोडमाथि



काठमाडौं । नेपाली चलचित्र‘अञ्जिला’ ले घरेलु बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यस फिल्मले दर्शकको अपार माया पाउँदै राम्रो व्यापार गरिरहेको छ ।

मिलन चाम्स निर्देशित ‘अञ्जिला’ ले प्रदर्शनको १२ दिनसम्म ७ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्स अफिस तथ्यांक अनुसार, सोमबार रातीसम्म मात्र फिल्मले नेपालभर ४ करोड ४८ लाख रुपैयाँ ग्रस कमाइ गरिसकेको छ ।

फिल्मले विदेशबाट पनि उल्लेखनीय कमाइ गरेको छ । निर्देशक चाम्सका अनुसार, ‘अञ्जिला’ ले विदेश राइट बिक्रीबाट मात्र साढे २ करोड रुपैयाँ नेट कमाइ गरिसकेको छ । उनले भने, ‘विदेशबाट मात्र हामीले लगानी उठाइसक्यौं ।’

२ करोड रुपैयाँ लगानीमा बनेको फिल्मले अपेक्षाभन्दा धेरै राम्रो प्रदर्शन गरिरहेको छ । समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो फिल्मले पछिल्लो समयका हिट फिल्मको कमाइलाई समेत उछिनेको देखिन्छ । आगामी सप्ताहन्तसम्म ५ करोड रुपैयाँ ग्रस कमाइ पार गर्ने लक्ष्यसहित ‘अञ्जिला’ बक्स अफिसमा मजबूतीका साथ अगाडि बढिरहेको छ ।

यसैबीच, निर्माण टिमले फिल्मको ऐतिहासिक सफलतालाई मध्यनजर गर्दै आउँदो साता ‘सक्सेस समारोह’ आयोजना गर्ने योजना बनाएको छ । निर्देशक चाम्सका अनुसार, यस उत्सवमा फिल्मको सफलताबारे चर्चा गर्दै दर्शक, कलाकार, तथा निर्माण टिमले उत्सव मनाउनेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ३ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।