५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्वयम्भूमा बिक्री गर्न लागेका १४ थरी सुनका गहनासहित एकजना पक्राउ



काठमाडौं । प्रहरीले बिल बिजक नभएका सुन जस्तो देखिने धातुका विभिन्न गहनाहरू सहित १ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नुवाकोटको विदुर नगरपालिका–५ घर भई हाल कंलकी बस्ने वर्ष ४१ को दिपेशलाल चित्रकारलाई पक्राउ गरेको हो।

चैत १२ गते स्वयम्भू आनन्दकुटीमा सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले गहनासहित उनलाई नियन्त्रणमा लिएको हो।

बरामद गरिएका दसीसहित चित्रकारलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बरामद दसी
१) पोते सहितको सुनजस्तो देखिने धातु जडित नौगेडी माला– ११ थान

२) पोते सहितको सुनजस्तो देखिने धातु जडित सिङगल गेडी माला– ७ थान
३) क्रिष्टल सहितको सुनको जस्तो देखिने माला– १३ थान
४) पोते सहितको सुनजस्तो देखिने धातु जडित मंगलसुत्र– ६ थान
५) पोते सहितको सुनजस्तो देखिने धातु जडित सोली गेडी माला–१ थान
६) पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित टप– ३ जोर
७) पोते नभएको सुनको जस्तो देखिने धातु जडित तिलहरी–१ थान
८) सुनको जस्तो देखिने धातु जडित विभिन्न डिजाईनका क्लिप–९ थान
९) मोती जस्तो देखिने पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित ३ गेडी मोती माला–३ थान
१०) मोती जस्तो देखिने माला सहितको सुनको जस्तो देखिने धातु जडित मोती लकेट माला–१ थान
११) मोती जस्तो देखिने पत्थर सहितको सुनजस्तो देखिने धातु जडित मोतीहार–१ थान
१२) सुनको जस्तो देखिने धातु जडित औँठी–२४ थान
१३) पत्थर सहितको सुनजस्तो देखिने धातुबाट बनेको स–साना फुली–१९ थान
१४) सुनको जस्तो देखिने धातु जडित स–साना गेडी–३ थान

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।