८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु



काठमाडौं । काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो।

शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यू आदेशमा राति १० बजेसम्म सो क्षेत्रभित्र भेला जुलुश प्रदर्शन घेराउ जस्ता गतिबिधि गर्न नपाउने उल्लेख छ। कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।